समस्या परेपछि बल्ल सरकारको सम्पर्कमा

समस्या परेपछि बल्ल सरकारको सम्पर्कमा

जानेहरू आफूखुशी गइरहेका छन्, दुःख छ परिवार र देशलाई । रुस–युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट लडाइँमा भाग लिन गएका नेपालीहरूको संख्या बढ्दो छ । सीधै नेपालबाट नभई विभिन्न देशबाट जाने र एजेण्टमार्फत भर्ति हुने नेपालीमध्ये अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । महंगो प्रक्रियाका कारण तिनीहरूको शव त नआउने नै भयो । तर, क्षतिपूर्ति भने दूतावासमार्फत आउने भएको छ । नत्र, सीधै मृतकको परिवारलाई दिने नाममा बीचका मान्छेहरूले पचाइदिने खतरा बढिरहेको थियो ।

अहिले काठमाडौंस्थित रुसी दूतावासले परराष्ट्रलाई चिठी लेखेर सरकारी माध्यमबाट क्षतिपूर्ति दिने भनेको छ । रुस सरकारले प्रतिमृतक ५० लाख रुबलका दरले क्षतिपूर्ति दिने नीति बनाएको छ । इन्स्योरेन्ससहित करिव पौने दुई करोड नेपाली रकम मृतकका परिवारको हातमा पर्छ । सरकारी अभिलेखमा अहिलेसम्म त्यहाँ ज्यान गुमाइसकेका नेपालीको संख्या १२ छ । तर, औपचारिक जानकारीअनुसार १४ जनाको ज्यान गएको छ । सरकारी तवरबाट क्षतिपूर्ति आउने भएपछि रुसी सेनामा भर्ति भएका परिवारहरू सरकारको सम्पर्कमा आउने क्रम शुरु भएको छ ।

टिप्पणीहरू