पोखरामा अनुमानित राजश्व उठ्ने सम्भावना क्षीण
पोखरा महानगरपालिकाले खर्च कटौती गर्ने भएको छ । प्रक्षेपित राजश्व उठ्ने सम्भावना कम भएपछि महानगरले खर्च कटौती गर्न लागेको जनाएको छ । सबै वडालाई पत्राचार गर्दै खर्च व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
निर्देशनमा भनिएको छ,‘राजश्व उठ्ने सम्भावना कम भएको, कर छुटलाई असारसम्म विस्तार गरेको तथा समानीकरण र राजश्व बाँडफाँडको आम्दानी हुनुपर्ने रकमसमेत तोकिएको अनुमानभन्दा न्यून मात्र प्राप्त हुने जानकारी भएकाले यस वर्षको खर्चमा देहायअनुसार गर्नेगरी महानगर प्रमुखस्तरीय निर्णय भएकाले कडाईका साथ पालना गर्नु–गराउनुहुन अनुरोध छ ।’
महानगरले कन्टिन्जेन्सी रकम खर्च नगर्न, हालसम्म सम्झौता नभएका योजनाहरु कार्यान्वयन नगर्न, थप योजना रकमान्तर नगर्न, कुनै योजनामा बचत भएको रकम अन्य योजनामा रकमान्तर नगर्न, प्रशासनिक खर्चहरुमा मितव्ययिता अपनाउन र कार्यक्रम खर्च तथा योजनाहरु २५ प्रतिशत कटौतीपछि मात्र कार्यान्वयन गर्न वडाहरुलाई निर्देश गरिएको छ ।
टिप्पणीहरू