म्युजिक भिडियोका कीर्तिमानी शीतल निवासमा सम्मानित

म्युजिक भिडियोका कीर्तिमानी शीतल निवासमा सम्मानित
सुन्नुहोस्

सर्वाधिक उचाईमा म्युजिक भिडियो निर्माण गरेर विश्व कीर्तिमान बनाएका निर्माता राजेन्द्र लुइँटेल सम्मानित भएका छन् । 

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘गिनिज बुक अफ वर्ल्ड’ को प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मान गर्नुभएको छ । लुइँटेलले कृष्णलीला चलचित्रको लागि ‘अटल बाचा गरें’ बोलको गीत ५ हजार १०५ मिटरको उचाईमा छायांकन गरेका थिए । 

सो गीतमा रवि ओड र सुनिता कार्कीले स्वर दिएका छन् । भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्स छन् । अहिलेसम्म यो गीतलाई यूटुबमा ४३ लाख जनाले हेरिसकेका छन् ।

टिप्पणीहरू