गरिमाको नयाँ सिइओमा माधवप्रसाद

गरिमाको नयाँ सिइओमा माधवप्रसाद

गरिमा विकास बैंकको नयाँ सीइओमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षको लागि उक्त जिम्मेवारी दिन लागिएको जनाइएको छ ।

१५ वर्षदेखि लगातार सिइओ रहेका गोविन्दप्रसाद ढकालको कार्यकाल आगामी चैत मसान्तबाट सकिँदैछ । सो जिम्मेवारी अब यसअघि डेपुटी सिइओ रहेका उपाध्ययले सम्हाल्नेछन् । 

व्यवस्थापन विषयमा स्नातकोत्तर उपाध्याय बैंक स्थापनाकालदेखि कार्यरत छन् । उनी बैंकमा प्रवेश गर्नुअघि प्राध्यापक थिए । लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकले मुलुकभरका १२३ शाखाबाट सेवा दिइरहेको छ ।

टिप्पणीहरू