डा.निकोलशको बयान शंकर श्रीमानको बेन्चमा

डा.निकोलशको बयान शंकर श्रीमानको बेन्चमा

‘जान्नेलाई छान्ने’ पार्टीका सभापति रवि लामिछानेको प्रहरी हिरासतमा रहेको तस्बिर खिचेर सार्वजनिक गर्ने डा.निकोलश भुसालको आज कास्की जिल्ला अदालतमा बयान हुने भएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी ऐनअन्तर्गतको कसूरमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा बयान हुन लागेको हो । 

उनीविरुद्ध हिजो अदालतमा मुद्दा दर्ता भएको हो । गत कात्तिक २ गते वनस्थलीस्थित पार्टी कार्यालयबाट समातिएका रवि कास्की प्रहरीको हिरासतमा सुतिरहेको तस्बिर भाइरल बनेको थियो । त्यसपछि रास्वपानिकट डा.भुसालले आफ्नो फेसबुकमा लाइभ आएर आफूले तस्बिर खिचेको बताएका थिए।

उनलाई पुस ७ गते प्रहरीले पक्राउ गरेर म्याद थपका लागि अदालत उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप्न अस्वीकार गर्दा छुटेका उनी सोही अभियोगमा पक्राउ परेका थिए ।
 

टिप्पणीहरू