बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज दिउँसो काठमाडौं आउँदै

बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज दिउँसो काठमाडौं आउँदै

भारतीय चलचित्र उद्योग बलिउडकी अभिनेत्री ज्याकलिन फर्नाण्डेज काठमाडौं आउन लागेकी छन् । उनी नौ जनाको टोलीसहित आज दिउँसो मुम्बईबाट इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ१३६५ मा आउने बताइएको छ ।

ज्याकलिन काठमाडौंमा भोलि हुने सुन र हिराका गहना प्रदर्शनी (ज्वेलरी शो) मा सहभागी हुन आउन लागेकी हुन् । प्रदर्शनी नेपाल पर्यटन बोर्ड र आरबी डाइमन्डसको संयुक्त आयोजनामा हुन लागेको हो ।

ज्याकलिनको टोलीमा शान जोसेफ मुट्टाथील, सम्वर्धन देव राय, पायल प्रेमनाथ ओबेराय, डोमिनिक रोनाल्ड सुजा, मोहम्मद इमरान, करेन सुसान कुरियाकोसे, तरुन महन्ती र थितिसान गडबर्न छन् । थितिसान बाहेक अरु सबै ज्याकलिनसँग इण्डिगो एअरलाइन्सको उडानमा आउँदै छन् । थितिसान नेपाल वायुुसेवाको उडान नम्बर आरए ४०२ मा मध्यराति १२ बजे बैंककबाट आइपुग्ने बताइएको छ । 

अभिनेत्रीको टोली पर्सि नेपाल एअरलाइन्सको उडान नम्बर आरए २०१ मा मुम्बई फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू