रवि सँलग्न सहकारीमा यो कस्तो साइनो ?

रवि सँलग्न सहकारीमा यो कस्तो साइनो ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी संस्थामा रहेको सर्वसाधारणको निक्षेप अपचलन गरेको आरोप लागेको छ । ग्यालेक्सी टेलिभिजनमा लगानी गरेकोदेखि सवारी साधन किन्ने प्रयोजनमासम्म त्यस्तो रकम प्रयोग भएको पाइन्छ । 

साइ स्वागत सहकारी संस्थामा पत्नी निकिता पौडेल उपाध्यक्ष थिइन्  । उनको जमानीमा करोडौं ऋण प्रवाह भएको तर अधिकांश कर्जा नउठेपछि काठमाडौं महानगरपालिकाले हिजो छापा मारेर कागजपत्र र कम्प्युटर नियन्त्रणमा लिएको छ ।

गृहमन्त्री रवि र उनका व्यापारिक साझेदार जिबी राई मुछिएका सहकारी संस्थाहरुको नाम सबै ‘स’ अक्षरबाट शुरु भएको अचम्मको संयोग छ । उनीहरुमाथि काठमाडौको स्वर्णलक्ष्मी,पोखराको सूर्यदर्शन,चितवनको सहारा, वीरगन्जको सानोपाईला सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको छ ।

रवि उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहे पनि जिबी फरार छन् । त्यसरी ‘स’ बाट नाम रहेका अन्य संस्थामा बुटवलको सुप्रिम र नेपालगञ्जको समानता हुन् । विभिन्न सहरका ती सहकारीमा रवि र जिबीका सहयोगीहरुको समेत संलग्नता रहेको पीडितहरुको उजुरी छ । 

हिजो काठमाडौंमा महानगरले छापा मारेको रविपत्नी निकिता पौडेल उपाध्यक्ष रहेको संस्था पनि साइ स्वागत सहकारी हो ।

टिप्पणीहरू