मापसेमा हिजो राती समातिएका गायकद्वारा श्रीमतीलाई घर र ५० लाख

मापसेमा हिजो राती समातिएका गायकद्वारा श्रीमतीलाई घर र ५० लाख

गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग डिभोर्स गरेका छन् । उनले काठमाडौँ जिल्ला अदालतमा चैत १२ गते गुपचुप रुपमा सहमतिसहित डिभोर्स गरेका हुन् । 

न्यायाधीश पदमराज पाण्डेको इजलासमा राजेश र साङबुङबीच सहमति सहितको डिभोर्स भएको थियो । सहमति पत्रमा राजेशले साङबुङको सबै माग पुरा गरेका छन् । 

शुरुमा डिभोर्सको लागि राजेशले नै मुद्धा हालेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनआस्थालाई जानकारी दिए । 

'उहाँको नक्सालमा एउटा घर रहेछ,पौने पाँच करोड बराबरको । साढे तीन तलाको भन्ने छ,त्यो सहित ५० लाख नगद दिने सहमति भएको हो ।'

सहमतिअनुसार राजेशले नक्सालस्थित साढे तीन तलाको घर र पचास लाख नगद साङबुङलाई दिएका छन् । उनले भने, 'उहाँको नक्सालमा एउटा घर रहेछ,पौने पाँच करोड बराबरको । साढे तीन तलाको भन्ने छ,त्यो सहित ५० लाख नगद दिने सहमति भएको हो ।' 

यस्तै राजेशले काठमाडौँमा रहेको एउटा घडेरी पनि साङबुङको नाममा गरिदिएका छन् । अहिले राजेश र साङबुङको दुई वर्षीय एउटा छोरो छ । सहमतिमा पत्रमा छोरो साङबुङसँगै बस्ने र १८ वर्ष नपुन्जेलसम्म राजेशले मासिक रुपमा भरणपोषणका लागि १५ हजार उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ । 

त्यसो त,राजेश र साङबुङबीच पहिल्यैदेखि सम्बन्धमा खटपट शुरु भएको बताइन्छ । लामो समय लिभिङ टुगेदरमा बसेका उनीहरुले गत वर्ष सन्तान जन्मिएपछि मात्रै विवाह दर्ता गरेका थिए । रेकर्डमा उनीहरुले ०७८ असोजमा बिहे गरेको उल्लेख छ । 

रोचक कुरा त के छ भने, राजेशको यो साता विभिन्न देशमा सांगीतिक टुर थियो । तर यता वैवाहिक सम्बन्धमा झमेला आएपछि उनले विदेशका सबै कन्सर्ट पोस्टपण्ड गरेको बताइन्छ । 

केही दिनयता उनले अत्यधिक मदिरा पिइरहेको पनि निकट साथीहरु बताउँछन् । यहीक्रमा उनी आज बिहानै पक्राउ परेका थिए । मदिरा सेवन गरेर हल्ला गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर मदिराको नशाले छोडेपछि प्रहरीले सम्झाएर छाडेको थियो ।

टिप्पणीहरू