राष्ट्रिय गौरवका आयोजना नथप्न सरकारलाई निर्देशन

राष्ट्रिय गौरवका आयोजना नथप्न सरकारलाई निर्देशन

संसदको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना थप नगर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 

राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै सभापति ऋषिकेश पोखरेलले घोषित आयोजनाको निर्माण सम्पन्न नहुँदै नयाँ–नयाँ नथप्न आग्रह गरे । उनले भने, ‘सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने दायित्व सरकारको हो । पुराना आयोजनाहरु सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न आग्रह गर्दछौं ।' 

समितिले आगामी ०८४ सम्म बाटो र पुल निर्माण हुनेगरी हुलाकी राजमार्गसँग सम्वद्ध सडकको यकिन गरी विवरण उपलब्ध गराउन र राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा परेको अप्ठेरो फुकाउन आवश्यक सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफदेही बनाउन निर्देशन पनि दिएको छ । 

'२०८३ र ०८४ सम्म कम्तिमा बाटो र पुल हुलाकी राजमार्गसँग संवद्ध प्रस्तावित सडक मार्गको एकिन गरी अर्थ मन्त्रालयले उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न निर्देशन गर्दछौं'म सभापति पोखरेलले भने, 'राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अफ्ठ्यारो छ । त्यसलाई सहजीकरण गर्न सरकारलाई निर्देशन दिन चाहन्छौं । आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिन्छौं ।' 

हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग जोडर अर्थ मन्त्रालयले उठाएका प्रश्नबीचको विभेदका विषयमा समितिले जवाफसमेत मागेको छ । 'हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग समेत जोडर अर्थ मन्त्रालयले उठाएका जे प्रश्न छन् । यसबीचको विभेद के हो ? अर्थ मन्त्रालयसँग जवाफ माग गर्दछौं', सभापति पोखरेलले भने, '१८ जना निर्देशकहरु हुलाकी राजमार्गमा आएको भन्ने कुरा आयो । १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगति विवरण के हो ? त्यो समितिलाई उपलब्ध गराउन निर्देशन दिन्छौं ।'

हुलाकी राजमार्गअन्त्रर्गतका अलपत्र ठेक्काहरु चालु आर्थिक वर्षमा सक्नेगरी आधार तयार गर्न पनि लेखा समितिको निर्देशन छ । समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने पनि जानकारी गराइएको छ ।

टिप्पणीहरू