डिडिसीले तिर्यो एक करोड सम्पत्ति कर

डिडिसीले तिर्यो एक करोड सम्पत्ति कर

दुग्ध विकास संस्थान (डिडिसी) ले ३२ वर्षको सम्पत्ति कर एकैचोटी तिरेको छ । डिडिसीले एक करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ सम्पति कर काठमाडौँ महानगरपालिकालाई भुक्तानी गरेको हो । 

आर्थिक वर्ष २०४९–०५० देखि ०८१–०८२ सम्मको घरजग्गा तथा सम्पत्ति कर हिजो वडा कार्यालयमा दाखिला गरेको २६ वडाका सचिव केदार रिमालले बताए । डिडिसीसहित सरकारी स्वामित्वका १२ वटा व्यवसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले पत्राचार गरेको थियो । 

त्यसपछि करदाताहरु सम्पर्कमा आउन थालेको महानगरले जनाएको छ । महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा संकलन प्रक्रियाको व्यवस्था गरेको छ । जसअनुसार नक्सा पास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा तथा सम्पत्ति कर गणना गरिन्छ । 

सोही व्यवस्थाबमोजिम पत्राचार गरेर कर दाखिला गर्न अनुरोध गरिएको महानगरका राजस्व विभाग प्रमुख दिपक अधिकारीले जानकारी दिए । उनका अनुसार नियमित कर नतिर्नेहरुमाथि आर्थिक ऐनले गरेको ‘बक्यौता कर असुलीसम्बन्धी व्यवस्था’ वमोजिम असुलउपर गरिनेछ ।

टिप्पणीहरू