छाप्रोमा दुर्गा प्रसाईंको फोटो,एक महिनादेखि भोकै

छाप्रोमा दुर्गा प्रसाईंको फोटो,एक महिनादेखि भोकै

राजसंस्था पुनर्स्थापना तथा बैंकको ऋण मिनाहा अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियान'मा आवद्धहरुको अनिश्चितकालीन रिले अनशन आज पनि जारी छ। 

काठमाडौँको तीनकुने चौरको कुनामा छाप्रोजस्तो बनाएर गत फागुन २२ गतेदेखि शुरु भएको अनशन आज ३२ औँ दिन पनि जारी रहेको हो । महाभियान निकट नागरिक मीटरब्याजी तथा पीडित कृषक विभागका सदस्य सपना गुरुङको नेतृत्वमा ६ जना अनशन बसेका छन् । 

अनशनस्थलमा दुर्गा प्रसाईंको तस्वीर अंकित ठूला ब्यानर र राष्ट्रिय झण्डा राखिएको छ ।

टिप्पणीहरू