होटल भियनामा प्रहरीको छापा, ३० लाख बरामदको आशंका

होटल भियनामा प्रहरीको छापा, ३० लाख बरामदको आशंका
सुन्नुहोस्

ठमेलको ज्याठास्थित होटल भियनामा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले छापा मारेको छ । प्रहरीले सो क्रममा स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला पारेको बताइएको छ ।

यसअघि साउन १४ गते राजश्व अनुसन्धान विभागले पनि सोही होटलमा छापा मारेको थियो । सुन तस्करीमा मुछिएका दावा छिरिङलाई पक्राउ गर्ने क्रममा त्यतिबेला राजश्वले छापा मारेको थियो ।

आज फेला परेको उक्त रकम होटलले सरकारी राजश्व र अन्य कर तिर्न जम्मा पारिएको रकम दाबी गरेको छ । तर, प्रहरीले स्रोत नखुलेको रकम बताएको हो ।

होटल भियना दावाकी श्रीमतीको नाममा दर्ता छ ।

टिप्पणीहरू