पछिल्लो ९ महिनामा विदेशबाट झण्डै ११ खर्ब रेमिट्यान्स

पछिल्लो ९ महिनामा विदेशबाट झण्डै ११ खर्ब रेमिट्यान्स
सुन्नुहोस्

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्समा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो नौ महिनामा मुलुक भित्रिएको रेमिट्यान्समा १९.८ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ नेपाल भित्रिएको छ । 

तर, अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स वृद्धिदरमा केही कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
 

टिप्पणीहरू