ग्लोबल बैंकलाई ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल बैंकलाई ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । 

म्यागाजिनले विश्वभरका सर्वश्रेष्ठ बैंक छनोट गरी सम्मान गरेकोमा नेपालबाट पहिलो पटक ग्लोबल बैंकले अवार्ड पाएको हो । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ्गलगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक बनेको जनाइएको छ । 

म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई पनि सम्मान गरेको छ ।

यस वर्ष हबकबको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेसियाको मेबैंक, बब्लादेशको स्टान्डर्ड चार्टर्ड बब्लादेश, फिलिपिन्सको मेट्रो बैंकलगायतका विश्वभरका विभिन्न बैंकहरु विभिन्न विधामा सम्मानित भएका छन् ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेकोमा ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मान प्राप्त हुँदा आगामी दिनमा रचनात्मक सेवासुविधाहरु प्रदान गर्न थप उत्साहित गरेको ग्लोेबल बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकभर शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन ।

बैंकले विभिन्न सेवासुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाख बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी गरिरहेको जानकारी दिएको छ । 

त्यस्तै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हबकबलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याएर देशको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

टिप्पणीहरू