प्राइम सहकारीविरुद्ध उजुरी आह्वान

प्राइम सहकारीविरुद्ध उजुरी आह्वान

जिल्ला प्रहरी कार्यालय, कास्कीले प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी मागेको छ । 

आगामी जेठ २० गतेसम्मको समयसीमा दिँदै जिप्रकाले सो सहकारीमा निक्षेप जम्मा गरेका पीडित निक्षेपकर्तालाई उजुरी दिन भनेको हो । पोखरा महानगरपालिका-४ गैह्रापाटनमा कार्यालय रहेको उक्त सहकारीका पदाधिकारीहरुले निक्षेपकर्ताको निक्षेप हिनामिना तथा ठगी गरेको भनि सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशबाट पत्राचार भएकाले उजुरी आह्वान गरिएको जिप्रकाले जनाएको छ । 

जिप्रकाले आज सूचना जारी गर्दै रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेण्ट, मुद्दती प्रमाणपत्रलगायतका कागजात र सम्बन्धित पीडितको नागरिकतासहित उजुरी दिन सूचित गराएको छ । 

‘उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेण्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय, कास्कीमा सम्पर्क राख्नुहुन सम्पूर्ण बचतकर्ताहरुमा सूचित गरिएको छ’, सूचनामा भनिएको छ ।

टिप्पणीहरू