भीसीटीएसमा समस्या, सूचना प्रिन्ट गरेर गाडी चलाउन आग्रह

भीसीटीएसमा समस्या, सूचना प्रिन्ट गरेर गाडी चलाउन आग्रह
सुन्नुहोस्

भेहिकल एण्ड कन्साइन्मेट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा समस्या आएको छ । राजस्व अनुसन्धान विभागबाट सञ्चालन हुँदै आएको उक्त प्रणालीमा आज बिहानैदेखि समस्या देखिएको हो । 

अहिले समस्या समाधानको प्रयास भइरहेको जानकारी दिँदै विभागले प्रणालीको मर्मत सम्भार कार्य पूरा नभएसम्म सूचना प्रिन्ट गरेर काम चलाउन आग्रह गरेको छ । 

सूचनामा उल्लेख छ, ‘राजस्व अनुसन्धान विभागबाट सञ्चालन भइरहेको भेहिकल एण्ड कन्साइन्मेट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणालीमा आज मिति २०८१ जेठ १० गते बिहानदेखि नै समस्या देखिएकोले उक्त समस्या समाधानको प्रयास भइरहेको र समाधान गर्न केही समय लाग्ने देखिएको हुँदा प्रणालीको मर्मत सम्भार कार्य पूरा नभएसम्म हाललाई यो सूचना प्रिन्ट गरी साथै राखी सवारीसाधन सञ्चालन गर्नुहुन अनुरोध छ ।’

टिप्पणीहरू