महान्याधिवक्ता कार्यालयलाई रास्वपाको भातृ संस्था बनाएको आरोप

महान्याधिवक्ता कार्यालयलाई रास्वपाको भातृ संस्था बनाएको आरोप
सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आडमा महान्याधिवक्ताको कार्यालयको दुरुपयोग गरिएको बताएका छन् ।  

संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले राहदानी दुरुपयोग र सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेले उक्त कसुरबाट जोगिन महान्याधिवक्ता कार्यालयको दुरुपयोग गरेको आरोप लगाए । प्रतिनिधिसभा सांसदसमेत रहेका शर्माले महान्याधिवक्ता कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भातृ संस्था हो? भनी प्रश्न पनि गरे ।   

'यो महान्यायाधिवक्ताको कार्यालय भनेको रास्वपाको भातृ संस्था हो ? गृहमन्त्रालयको शाखा हो ?', उनले सोधे, 'कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नु पर्दैन भनेको छ, कहिले सहकारीको ठगीमा संलग्न हुनुहुन्न भनेको छ । त्यो संवैधानिक इजलास हो ?'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियाले नागरिकताको विषयमा अनुसन्धान गर्न प्रहरीलाई आफैँ सहयोग गर्ने बताउँदा पनि गृहमन्त्रीले प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको शर्माले बताए । 

'मिडिया हाउसका सञ्चालकको नागरिकताको बिषयमा उठेको बिषयमा सहयोग गर्न तयार छु भन्दा भन्दै समात्नुहुन्छ । गिरफ्तार गर्ने निकायमा दुईवटा पासपोर्टको कारण आरोपी व्यक्ति हुनुहुन्छ', उनले भने ।
 

टिप्पणीहरू