आगलागीमा सात नवजात शिशुको मृत्यु

आगलागीमा सात नवजात शिशुको मृत्यु
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीस्थित एक अपस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको निधन भएको छ । विवेक विहारस्थित ‘न्यू बर्न बेबी केयर’ अस्पतालमा लागेको आगोमा ती बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा अन्य आधा दर्जन शिशुको स्थानीय ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल’ मा उपचार भइरहेको छ । अन्य १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको जनाइएको छ ।

प्रहरीले मुद्दा दायर गरेपनि अस्पतालका सञ्चालक नवीन किची आगलागीपछि फरार छन् ।

टिप्पणीहरू