मस्यौदा बजेट बोकेर अर्थमन्त्री प्रधानमन्त्री कार्यालयमा

मस्यौदा बजेट बोकेर अर्थमन्त्री प्रधानमन्त्री कार्यालयमा

अर्थमन्त्री वर्षमान पुन आर्थिक वर्ष २०८१/८२ को मस्यौदा बजेट बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले हस्तान्तरण गरेको बजेटको मस्यौदा लिएर उहाँ त्यसतर्फ जानुभएको बताइएको छ ।

मस्यौदा बजेटलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि मन्त्री पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

 

यसअघि प्रधानमन्त्री एवम् आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको योजना आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेको थियो ।

टिप्पणीहरू