आलु, प्याज र स्याउको भ्याट खारेज, मदिरा र चुरोटको अन्त:शुल्क दर बढ्यो

आलु, प्याज र स्याउको भ्याट खारेज, मदिरा र चुरोटको अन्त:शुल्क दर बढ्यो
सुन्नुहोस्

सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त बस्तुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गर्नुभएको हो । यसले स्थानीय एंव स्वेदशी उत्पादनलाई प्रर्वद्धन गर्दै स्वच्छ कर प्रणालीको विकास हुनेमा अर्थमन्त्रीको विश्वास छ । 

सरकारले मदिरा र सुर्तीजन्य पदार्थमा भने कर बढाएको छ । अर्थमन्त्री पुनले मदिरा, वियर, सुर्ती र चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि गरेको जानकारी दिनुभयो ।

टिप्पणीहरू