अमेरिकाको भिसा माग्दै सडकमा प्रदर्शन

अमेरिकाको भिसा माग्दै सडकमा प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउन समर्थकहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका समर्थकहरु बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा पुगेर धर्ना दिएका हुन् । 

यसपछि उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावास घेराउ गर्न जान लागेको बताइएको छ । 

गत जेठ २ गते उच्च अदालतबाट सफाइ पाए पनि सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको बन्दै समर्थकहरु आक्रोशित देखिन्छन् । टी–२० विश्वकप सुरु हुन तीन दिनमात्र बाँकी रहँदा पनि समर्थकहरुले भिसा दिलाउन हरप्रयास गरेका छन् ।

सन्दीपले भने आफैँ टी–२० विश्वकप खेल्न नपाउने स्वीकार गरिसकेका छन् । अस्ति उनले टी–२० विश्वकप खेल्न नपाएकोमा चित्त बुझाउने आशयसहितको स्टाटस लेखेका थिए ।

टिप्पणीहरू