सिभिलमा कामदार माग

सिभिलमा कामदार माग

काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा रिक्त स्थायी पदपूर्तिका लागि दरखास्त खुलेको छ । 

अस्पतालले आज विज्ञापन प्रकाशित गर्दै सिनियर रजिष्ट्रारसहित १०८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सूचनामा रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, रेडियोग्राफर, ल्याब टेक्निसियन, स्टाफ नर्स र वायोमेडिकल टेक्निसियन मागिएको छ । 

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपूर्ति गरिने उक्त पदहरुमा न्यूनतम योग्यता पुगेका इच्छुकले आगामी असार ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ ।

यससम्बन्धी विस्तृत जानकारी अस्पतालको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

टिप्पणीहरू