गर्मीको बेला प्रधानन्यायाधीशको मधेस यात्रा

गर्मीको बेला प्रधानन्यायाधीशको मधेस यात्रा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तीन दिने भ्रमणका लागि भैरहवा ओर्लनुभएको छ । कपिलवस्तु, रुपन्देही–पाल्पाको भ्रमणका लागि बुद्ध एअरको उडान नम्बर बीएचए–८५३ मार्फत त्यता प्रस्थान गर्नुभएका उहाँ केही बेरअघि भैरहवा पुग्नुभएको हो । 

उहाँले आज दिउँसो साढे १ बजे रुपन्देही जिल्ला अदालतको अवलोकन गर्नुभएको छ । बेलुका ५ बजे लुम्बिनी क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । त्यसपश्चात् एसियन बुद्ध होटलमा विश्राम गर्नुहुनेछ । 

भोलि बिहान साढे ८ देखि दिउँसो २ बजेसम्म सोही होटलमा फैसला कार्यान्वयनसम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रम सकेर बेलुका ५ बजे भैरहवाबाट पाल्पा प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँ होटल श्रीनगरमा बस्नुहुने छ । 

जेठ २० गते बिहान साढे ७ बजे पाल्पा भैरवस्थानको दर्शन गर्नुहुनेछ । त्यसपश्चात् बिहान १० बजे पाल्पा जिल्ला अदालतको अवलोकन गरेर बुटवल आउनुहुनेछ । त्यहाँ उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको अवलोकन गर्नुहुनेछ । 

अवलोकन सकाएर सोही दिन दिँउसो ३ बजेर ५५ मीनेटमा काठमाडौंका लागि प्रस्थान गर्नुहुनेछ । यता सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालसहित सात सदस्यीय टोली कपिलवस्तु जिल्ला अदालतको अनुगमनका लागि आज त्यता गएको छ।

टिप्पणीहरू