आयोगले दशैँमा पनि उजुरी लिने

आयोगले दशैँमा पनि उजुरी लिने

राष्ट्रिय मानव अधिकार आयोग दशैँ बिदामा पनि बन्द नहुने भएको छ । 

दशैँ बिदाको समयमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु खुला रहने आयोगले जानकारी गराएको हो ।

उक्त अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने र आवश्यकताअनुसार आकस्मिक अनुगमनसमेत गर्ने आयोगले जनाएको छ । 

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणको सवाललाई ध्यानमा राखी विगतमा झैँ यस वर्ष पनि बिदाको दिनमा कार्यालय खोल्न व्यवस्था मिलाएको हो ।

टिप्पणीहरू