हिजोदेखि बन्द पेट्रोल पम्प खुलाउन सिंहदरबारमा सहमति

राजधानी उपत्यकाका बन्द निजी पम्पहरु खुल्ने भएका छन् । पेट्रोलियम ट्यांकर चालक संघसँग भएको सहमतिपछि बन्द पेट्रोलियम पम्प खुल्ने जनाइएको छ ।

ट्यांकर चालकहरूले सात बुँदे माग राखेर आन्दोलन गरेकाले हिजोदेखि अधिकांश पेट्रोल पम्प बन्द भएको थियो । चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको साँचाे फ्याँकेपछि निजी पम्पहरुले हिजैदेखि पेट्रोलियम पदार्थ बिक्री वितरण बन्द गरेका हुन् । 

पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलनका कारण राजधानीका अधिकांश पेट्रोलियम पम्प बन्द भएको थियो । अवस्था असहज भएपछि आन्दोलनरत ट्याङ्कर चालक संघ र सरकारबीच भएको वार्तामा चार बुँदे सहमति भएको छ । 

बुँदा नम्बर ३ मा आजैदेखि चालकहरुले पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने उल्लेख छ ।

टिप्पणीहरू