एनआईसी एसिया बैंक बन्यो पीसीएएफको साझेदार सदस्य

एनआईसी एसिया बैंक बन्यो पीसीएएफको साझेदार सदस्य

एनआईसी एसिया बैंक ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)’ को साझेदार सदस्य बनेको छ । एकाउन्टिङको साझेदारी सदस्य बन्न पाउँदा गर्व महशुस भएको बैंकले जनाएको छ । 

पीसीएएफ विश्वभरका वित्तिय संस्थाहरुको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो । जसले उनीहरुको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन र खुलासा गर्दछ । 

छ महादेशका ४८० भन्दा बढी वित्तिय संस्थासँग जोडिएको पीसीएएफ उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया–प्रशान्त क्षेत्रहरुमा दु्रत रुपमा विस्तार भइरहेको छ । 

पीसीएएफसँग जोडिएसँगै एनआईसी एसियाa बैंकले कार्बन फुटप्रिन्टहरुको पारदर्शी मूल्यांकनमार्फत वातावरणीय दिगोपनप्रतिको आफ्नो प्रतिबद्धतालाई जोड दिने बताएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, ‘विश्व वातावरणमैत्री अभ्यासतर्फ उन्मुख भइरहेको बेला हामी पनि कार्बन फुटप्रिन्ट, क्राफ्टिङ जलवायु मापन र रिपोर्ट गर्न प्रतिबद्ध छौं ।’

उनले दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको साथमा जलवायुमैत्री रणनीतिहरु निर्माण गर्न बैंक प्रतिबद्ध रहेको पनि बताए । 

एनआईसी एसिया बैंकका मुलुकभर ३६० वटा शाखा कार्यालय, ६७१ वटा एटीएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ इकाइ छन् ।

टिप्पणीहरू