सर्वोच्चको आदेशपछि फणिन्द्र प्रदेशसभा सदस्य कायम

सर्वोच्चको आदेशपछि फणिन्द्र प्रदेशसभा सदस्य कायम

सर्वोच्च अदालतले फणिन्द्र देवकोटा गण्डकी प्रदेशसभा सदस्य रहेको उल्लेख गर्दै अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई यसअघि माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र प्रदेश सभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ  ।

पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई प्रदेश सभा सदस्यबाट पदमुक्तको कारबाही गरेको थियो । देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गरेका थिए । ४

आजको आदेशमा अदालतले गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताल र माओवादी केन्द्रसँग लिखित जवाफसमेत मागेको छ ।


 

टिप्पणीहरू