मन्त्रीहरु धमाधम विदेश यात्रामा

मन्त्रीहरु धमाधम विदेश यात्रामा

अर्थमन्त्री वर्षमान पुन चीन भ्रमणमा जानुहुने भएको छ । असार २७ गतेदेखि २९ गतेसम्म राजधानी बेइजिङमा हुन लागेको उच्चस्तरीय सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको छ । 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ कोरिया भ्रमणमा जान लाग्नुभएको छ । असार १४ गतेदेखि २० गतेसम्म सिओलमा आयोजना हुने एक कार्यक्रममा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो । 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ यतिखेर इरान भ्रमणमा हुनुहुन्छ । उहाँ एसिया सहयोग संवाद (एसीडी) को १९ औं बैठकमा सहभागी हुन अस्ति इरानको राजधानी तेहरान जानुभएको हो ।

टिप्पणीहरू