सूचना टाँसेपछि पानी बन्द

सूचना टाँसेपछि पानी बन्द

वर्षायाममा पनि मेलम्चीको पानी बन्द नहुने जनाइएको एक सातामै हिजोदेखि काठमाडौँमा पानी पथान्तरण कार्य रोकिएको छ । मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जारी गरेको सूचनामा उल्लेख छ । 

सूचनामा वर्षासँगै बाढीले पुर्याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको जनाइएको छ । मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेकाले अस्ति रातिदेखिको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको समितिको भनाई छ ।

 

गत माघ १ गतेदेखि काठमाडौं ल्याइएको मेलम्चीको पानी हिजोदेखि पुनः बन्द भएको हो ।

टिप्पणीहरू