गम्भीर घाइते हिरालालका परिवारद्वारा सहयोगको याचना

गम्भीर घाइते हिरालालका परिवारद्वारा सहयोगको याचना

कुलो खन्ने क्रमम लडेर गम्भीर घाइते भएका हिरालाल कुमरका आफन्तजनले उपचारमा आर्थिक सहयोग जुटाइदिन हारगुहार गरेका छन् । उदयपुरको कटारी नगरपालिका २ निवासी उनको उपचारका लागि आफन्तजनले मनकारीहरुसँग अपिल गरेका हुन् । 

आदिबासी कछाडे दनुवार समुदायका उनी गिद्दबरस्थित ‘गिद्दबर कुलो निर्माण’ कार्यमा खटिएका थिए । सो क्रममा लडेका उनको उपचारमा आर्थिक अभाव छ । सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनको घरको आर्थिक अवस्था नाजुक छ । 

विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचाररत उनको टाउकोको पछाडि भागमा रगत जमेको वडाध्यक्ष साबित्रा कार्कीले बताइन् । हिरालाललाई शल्यक्रियापश्चात आइसीयुमा राखिएको छ । 

‘उनको घरको आर्थिक अवस्था निकै दयनीय छ । टाउकोको पछाडि भागमा रगत जमेपछि शल्यक्रिया गरिएको छ । थप उपचार गर्न आर्थिक भएको छ । वडा कार्यालयले सहयोगका लागि पहल गरिरहेको छ’, उनले भनिन् । 

त्यस्तै, हिरालालको उपचारमा सहयोग गर्न चाहनेले कार्कीको मुक्तिनाथ विकास बैंकको खाता नम्बर ०४६२२४००७७३२४८०००००१ मा अथवा क्युआर कोडमार्फत् रकम जम्मा गर्न सक्नेछन् । वडा कार्यालयले उपचारमा आर्थिक सहयोगका लागि नगरपालिकामा सिफारिस गरेको छ । 

कुमरको उपचारका लागि आर्थिक संकलन गर्न स्थानीय युवाहरुले फेसबुकमा ‘हेल्पिङ्ग ग्रुप’ पनि सञ्चालनमा ल्याएका छन् ।

टिप्पणीहरू