एकजना कार्यकारी निर्देशकका लागि आधा दर्जन ‘सर्ट लिस्टेड’

एकजना कार्यकारी निर्देशकका लागि आधा दर्जन ‘सर्ट लिस्टेड’

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि छ जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ ।

कार्यकारी निर्देशक छनौट उपसमितिको सचिवालयले आवेदन दिएकामध्ये प्रस्तुतीकरण र अन्तवार्ताका लागि वर्णानुक्रमानुसार छ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको जनाइएको छ ।

छानिएकामा उमेशकुमार मिश्र, गुणानन्द झा, निर्मलकुमार उप्रेती, पंकजकुमार दास, रमेशकुमार बखती र राजनप्रसाद श्रेष्ठ हुन् । उनीहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा असार २५ र २६ गते गर्नुपर्ने छ ।
 

टिप्पणीहरू