बिदेशबाट फर्केर भोलिपल्टै यौन शक्ति बढाउने औषधि खाँदा ठहरै

बिदेशबाट फर्केर भोलिपल्टै यौन शक्ति बढाउने औषधि खाँदा ठहरै

सिराहामा यौन शक्ति बढाउने औषधिको सेवनबाट एक जनाको ज्यान गएको छ । धनगढी नगरपालिका-१० का ३२ वर्षीय प्रमोद कामतको मृत्यु भएको हो । 

उनी हिजो बिहान वेदैशिक रोजगारीबाट घर फर्केका थिए । लगत्तै १० बजेतिर प्रेमिकालाई लिएर उनी धनगढीमाइ होटेल एण्ड लजमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनले होटलमा श्रीमतीसँग बस्ने भन्दै कोठा बुक गरेका थिए । अपरान्ह तीन बजेतिर भने कोठाबाट प्रेमिका एक्लै निस्केकी थिइन् । तर साँझ अबेरसम्म पनि नफर्केपछि होटल सञ्चालक कोठामा पुगेर हेर्दा प्रमोदलाई मृत देख्नासाथ प्रहरीले खबर गरेका थिए । 

प्रमोदले मृत्यु हुनुअघि कोठामा प्रशस्त बान्ता गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख रमेश पण्डितले जानकारी दिए । उनले भने, 'कपडा र ओछ्यानमा बान्ता भेटियो, शरिरमा कुनै चोटपटक छैन । यौन सम्पर्कअघि प्रयोग गरेको औषधीले ज्यान गएको हुनसक्छ,तर यकिन छैन, अनुसन्धान गरिरहेका छौँ ।' प्रमोदको शव परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको पनि उनले जानकारी दिए । 

प्रमोदकी प्रेमिका भने मृत्यु भएको थाहा पाएर पनि सम्पर्कविहीन भएकी छन् । उनको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू