सडकबत्तीको बक्यौता तिर्न किस्ताबन्दीको सुविधा

सडकबत्तीको बक्यौता तिर्न किस्ताबन्दीको सुविधा

नेपाल विद्युत प्राधिकरणले सडकबत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिएको छ । स्थानीय तहहरुले सडकबत्ती बालेको बक्यौता तिर्न आलटाल गरेपछि प्राधिकरणले किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको हो ।

प्राधिकरणले ६० महिनासम्मको शुल्क किस्ताबन्दीमा बुझाउन सकिने जारी सूचनामा जनाएको छ । किस्ताबन्दीको सुविधा आवश्यक स्थानीय तहहरुलाई ४५ दिनभित्र सम्बन्धित वितरण केन्द्रमा आवेदन दिन प्राधिकरणले सूचित गरेको छ । 

सूचनामा ‘नेपाल विद्युत प्राधिकरण सञ्चालन समितिबाट नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनामा सडक बत्ती जडान गरी विद्युत उपभोग गरेका स्थानीय तहहरुले तिर्नुपर्ने थप दस्तुरसहितको बक्यौता विद्युत महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी ४५ दिनको सार्वजनिक सूचना जारी गर्ने भन्ने निर्णय भएको हुँदा सम्बन्धित स्थानीय तहहरुले यो सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिनुभई उक्त किस्ताबन्दीको सुविधा उपभोग गर्नुहुन’, उल्लेख छ ।

टिप्पणीहरू