चिनियाँ राष्ट्रपतिको कजाखस्तानमा भव्य स्वागत

चिनियाँ राष्ट्रपतिको कजाखस्तानमा भव्य स्वागत
सुन्नुहोस्

कजाखस्तानको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि चिनफिङको भव्य स्वागत गरिएको छ । त्यहाँको राजकीय भ्रमणमा मंगलबार राजधानी अस्ताना पुग्नुभएका चिनियाँ राष्ट्रपति सांघाई सहयोग संगठनको २४ औं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

उहाँ त्यहाँका राष्ट्रपति कासिम जोमार्ट टोकायभले हिजो आयोजना गर्नुभएको स्वागत एवम् रात्रिभोजमा सहभागी हुनुभएको छ । राष्ट्रपति भवनमा आयोजित भव्य रात्रिभोजमा सरिक हुने क्रममा चिनियाँ राष्ट्रपतिलाई सडकमा उच्च सुरक्षासहित मोटरसाइकलको स्कर्टिङ गरिएको थियो ।

त्यस्तै राष्ट्रपति भवनमाथिको आकाशमा कजाख वायुसेनाका छ वटा लडाकु विमानले पहरा दिएका थिए । ती विमानले नीलो आकाशमा रंगीन धुँवाबाट चीनको पाँच तारा भएको रातो झण्डाको आकृति बनाएको देखिन्थ्यो ।

चिनियाँ राष्ट्रपतिलाई त्यहाँको सेनाले सम्मान गारत अर्पण गरेपछि दुई मुलुकका राष्ट्राध्यक्षबीच आपसी सहयोग र द्विपक्षीय आदानप्रदानबारे औपचारिक कुराकानी भएको बताइएको छ ।

स्रोत : सिसिटिभि प्लस ।

टिप्पणीहरू