अख्तियारमा उजुरी परेपछि रोकिएको बायोमेट्रिक दर्ता आइतबारदेखि

अख्तियारमा उजुरी परेपछि रोकिएको बायोमेट्रिक दर्ता आइतबारदेखि
सुन्नुहोस्

यातायात व्यवस्था कार्यालय, तनहुँले बायोमेट्रिक दर्ता पुनः सुचारु गर्ने भएको छ । गत चैत १ गतेदेखि स्थगित बायोमेट्रिक आगामी आइतबारदेखि सञ्चालन गर्न लागिएको हो । 

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि फाराम भरेका सेवाग्राहीहरुले आइतबारदेखि बायोमेट्रिक दर्ता गराउन सक्ने कार्यालयले जनाएको छ । त्यस्तै, लाइसेन्सका लागि लिखित तथा प्रयोगात्मक परीक्षा पनि सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ । 

‘मिति २०८०–१२–१ गतेदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्यक्रमहरु लगायत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि फाराम भरेका सेवाग्राहीहरुको बायोमेट्रिक दर्ता मिति २०८१–०३–२३ गते आइतबारदेखि सुचारु गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै, सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाका कार्यक्रमहरु पछि प्रकाशित हुनेछ’,सूचनामा उल्लेख छ । 

सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो ।
 

टिप्पणीहरू