विदेश जान नसकेपछि आत्महत्याको प्रयास

विदेश जान नसकेपछि आत्महत्याको प्रयास

काठमाडौं र ललितपुरको सीमामा पर्ने शंखमूलको पुलबाट हाम्फालेर आत्महत्या गर्न खोजेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले मकवानपुर घर भई ललितपुर महानगरपालिका १७ बस्दै आएका २६ वर्षीय बुद्ध तामाङ्गको उद्धार गरेको जनाइएको छ । 

आर्थिक अवस्था कमजोर भएका उनले विदेश जान कतैबाट सहयोग नपाएपछि आत्महत्याको प्रयास गरेको परिसरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । तामाङ्गलाई उनको परिवारको जिम्मा लगाइएको छ । 

‘विदेश जान नपाएर उनले आत्महत्याको कोसिश गरेको देखियो । परिवारको आर्थिक अवस्था निकै कमजोर रहेछ । कतैबाट सहयोग नपाएपछि आत्महत्या गर्न खोजेको बताए । उद्धार गरेर हामीले परिवारको जिम्मा लगाएका छौं’, उनले भने ।

टिप्पणीहरू