नयाँ आर्थिक वर्षअघि ठेकेदार कम्पनीको इजाजतपत्र भटाभट खारेज

नयाँ आर्थिक वर्षअघि ठेकेदार कम्पनीको इजाजतपत्र भटाभट खारेज

दुई दर्जन निर्माण कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । गत चैत मसान्तभित्र नवीकरण नभएका २३ वटा कम्पनीको स्वतः लाइसेन्स खारेज भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

निर्माण व्यवस्था ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम लाइसेन्स खारेज भएको हो । ‘सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनको लागि यस मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आ.व.२०८०–०८१ का लागि २०८० चैत मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकोले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम देहाय बमोजिमका निर्माण व्यवसायको इजाजतपत्रहरु स्वतः खारेज भएको...’, आज जारी सूचनामा उल्लेख छ । 

लाइसेन्स खारेज भएका कम्पनीमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन प्रालि, ढोरफिर्दी निर्माण सेवा, दि राईजिङ्ग कन्स्ट्रक्सन प्रालि, सिरोहिया कन्स्ट्रक्सन प्रालि, श्रीजङ्गा निर्माण सेवा प्रालि, घण्टेश्वर निर्माण सेवा, त्रिशुल निर्माण सेवा हुन् । 

त्यसैगरी, नौला मालिका निर्माण सेवा प्रालि, ठोसे के.आर.निर्माण सेवा, एभ्रिथिङ्ग सोलुसन कन्स्ट्रक्सन प्रालि, रुपाली कन्स्ट्रक्सन, रुद्रकुमार कक्षपती निर्माण सेवा, ई.मरिण ठाकुर निर्माण सेवा कम्पनी प्रालि, वि.कन. कम्पनी प्रालि, आर कोमल कन्स्ट्रक्सन प्रालि, अमन कन्स्ट्रक्सन कम्पनी, राधाकृष्ण निर्माण सेवा, पवित्र मल्टिपल कन्स्ट्रक्सन प्रालि र फ्लोरिडा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिको लाइसेन्स पनि रद्द भएको छ ।
 

टिप्पणीहरू