प्रधानमन्त्रीलाई आठ वटा मन्त्रालयको जिम्मा

प्रधानमन्त्रीलाई आठ वटा मन्त्रालयको जिम्मा
सुन्नुहोस्

नेकपा एमालेबाट सरकारमा सहभागी आठजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिमको राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले उनीहरुको कार्यभार प्रधानमन्त्रीलाई तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

नेपाली काँग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको एमालेले हिजो साँझ वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लगत्तै एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

टिप्पणीहरू