सट्टेबाजीका नाइके अमेरिकामा, यताका पाँच जना प्रहरी खोरमा

सट्टेबाजीका नाइके अमेरिकामा, यताका पाँच जना प्रहरी खोरमा

क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको रवि भवन बस्ने मोरङका २२ वर्षीय गौरभ भट्टराई, सोल्टिमोड बस्ने मोरङकै २३ वर्षीय सुजन दाहाल, सिनामंगल बस्ने ओखलढुंगाका २२ वर्षीय सिद्धार्थ नेपाली, बौद्ध बस्ने सुनसरीका २४ वर्षीय आशुतोष कोइराला र भक्तपुर बस्ने मोरङका २४ वर्षीय मिलन मिश्र हुन् । 

क्यास एप प्रयोग गरी अवैध रुपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । अनुसन्धानको क्रममा मोरङको विराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिषकुमार बुढाथोकीले पक्राउ परेका पाँच जनामार्फत पाँच करोड बराबरको अवैध आर्थिक कारोबार रहेको पाइएको प्रहरीले जनाएको छ । तर, उनी अहिले पक्राउ परेका छन् । 

उक्त कार्यमा संलग्न पाँच जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट प्रहरीले आइफोन पाँच वटा र विभिन्न कम्पनीका ल्यापटप तीन वटा समेत बरामद गरेको छ ।  

पक्राउ परेका पाँचै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू