नवनियुक्त प्रधानमन्त्रीद्वारा ‘सबैमा सम्मान, सबैलाई धन्यवाद’

नवनियुक्त प्रधानमन्त्रीद्वारा ‘सबैमा सम्मान, सबैलाई धन्यवाद’
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्री नियुक्त भएपछि सबैलाई धन्यवाद दिनुभएको छ । 

सामाजिक सञ्जालमा नयाँ फोटो सेयर गर्दै उहाँले धन्यवाद भन्नुभएको छ । ओलीले लेख्नु भएको छ, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ! ’

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाईसंविधानको धारा ७६ (२) अनुसार आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयले भोलि बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गर्दै छ ।

ओली पछिल्लो समय फेसबुकमा निकै सक्रिय हुनुहुन्छ । अघिल्लो कार्यकालमा बालुवाटारबाट शासन चलाएको आरोप खेप्नुभएका ओली प्रतिपक्षमा पुगेपछि भने सामाजिक सञ्जालमार्फत् जनस्तरमा जोडिन क्रियाशील देखिनुहुन्छ ।

टिप्पणीहरू