अदालतका हाकिमको अदलबदल
देशभरका अदालती प्रशासन हाँक्ने कर्मचारीको व्यापक अदलबदल चलेको छ । मंगलबारको निर्णयअनुसार सहसचिव वा सोसरहका कर्मचारहरु सरुवामा परेका हुन् ।
यसक्रममा सर्वोच्च अदालतको अनुसन्धान फाँटकी सहसचिव निर्मला पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार्डमा सरुवा भएकी छन् ।
सर्वोच्चका सहरजिष्ट्रार्ड भीमकुमार श्रेष्ठ न्यायपरिषद् सचिवालयको सहसचिवका रुपमा सरुवा भएका छन् ।
सर्वोच्च अदालतबाट अर्का सहसचिव यमबहादुर बूढा उच्च अदालत तुलसीपुरको रजिष्ट्रार्डमा पुगेका छन् ।
न्यायपरिषद् सचिवालयमा सहसचिवको जिम्मेवारी सम्हालेका खङ्राज अधिकारी अब उच्च अदालत जनकपुरको रजिष्ट्रार्डको जिम्मेवारीमा रहनेछन् ।
प्रशासकीय अदालतमा रजिष्ट्रार्डको जिम्मेवारी सम्हालेका अच्युत कुइँकेल उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा रजिष्ट्रार्ड भएर जाने भए ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह अब उच्च अदालत पाटनको रजिष्ट्रार्डका रुपमा भेटिने छन् ।
उच्च अदालत जनकपुरमा रजिष्ट्रार्ड सम्हालेका ठगिन्द्र कट्टेलले अब सोही उच्च अदालतको वीरगञ्ज इजलाशमा रजिष्ट्रार्डका रुपमा काम गर्ने भएका छन् ।
रामप्रसाद भट्टराई उच्च अदालत तुलसीपुरका रजिष्ट्रार्ड थिए । अब उनी उच्च अदालत जनकपुरको राजविराज इजलाशको रजिष्ट्रार्डका रुपमा खटिएका छन् ।
पाटन उच्च अदालतबाट रजिष्ट्रार्ड बाबुराम दाहाल सर्वोच्चको मुद्दा महाशाखाको प्रमुख पद सम्हाल्न जाँदैछन् ।
सर्वोच्चको मुद्दा महाशाखा प्रमुख रहेका बेदप्रसाद उप्रेतीचाहिँ त्यहीँको फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशकको जिम्मेवारी सम्हाल्दैछन् ।
सरुवा भएकाहरु प्रायः दुई–दुई वर्षे कार्यकाल सिध्याएका सहसचिव हुन् ।
टिप्पणीहरू