ग्याल्बोको खल्तीमा एक पाउ सुनको बिस्कुट

ग्याल्बोको खल्तीमा एक पाउ सुनको बिस्कुट

साउदी अरेबियाबाट फर्केका सिन्धुपाल्चोकका ग्याल्बो गुरुङको साथबाट २५० ग्राम सुनको बिस्कुट र औंठी बरामद गरिएको छ । 

हिमालय एअरलाइन्सको उडान नम्बर एच ९०५७४ बाट हिजो राति सवा ९ बजे आएका ४० वर्षे गुरुङलाई अराभइलको सुरक्षा जाँचपास एरियामा सशस्त्र प्रहरी बलको टोलीले पाइन्टको खल्तीबाट उक्त परिमाणको सुनको गहना र बिस्कुट फेला पारेको हो ।

उनलाई थप अनुसन्धानका लागि विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको छ ।

टिप्पणीहरू