रास्वपामाथि ओलीको कटाक्ष - परार साल बनेको पार्टीले संविधानको जिम्मा लिनुपर्दैन

रास्वपामाथि ओलीको कटाक्ष - परार साल बनेको पार्टीले संविधानको जिम्मा लिनुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ । 

आज प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । आग्रह र पूर्वाग्रहबाट सबै मुक्त हुनुपर्नेमा जोड दिँदै ओलीले सबै दल एक ठाउँमा आउने स्थिति नरहे संविधानले आफैँ आफ्नो व्यवस्था गरेको तर्क पनि गर्नुभयो । 

'दार्शनिक, सैद्धान्तिक, वैचारिक, राजनीतिक भिन्नताकाबीचमा पनि एक ठाउँमा आएर संशोधन गर्छौ', उहाँले भन्नुभयो, 'एक ठाउँमा आउन सकेनौँ भने संविधानले आफ्नो व्यवस्था आफैँ बनाएको छ, अन्तर्राष्ट्रिय र नेपालको पनि आफ्नै अभ्यास छ, यसमा धेरै चिन्ताको विषय बनाउन परेन ।'

त्यसक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै संविधान बनाएको जिम्मा नलिन सुझाव पनि दिनुभयो । 'परार साल बनेकाे पार्टीले संविधान बनाएको जिम्मा लिन्छ!, पर्दैन हामी लिन्छौ, लोकतन्त्र ल्याएको जिम्मा हामी नै लिन्छौ त्यसमा धेरै चिन्ता नगरौ । हामी आरोप पनि लाउदैनौ, पोलिटिक्समा अलिअलि रोटी सेक्ने काम त हुन्छ, त्यसमा माइन्ड पनि गर्या छैन ।'

उहाँले नेपाली राजनीतिमा नयाँ अध्याय सुरु गर्नुपर्नेमा जोडसमेत दिनुभएको छ । भन्नुभयो, 'कुनै रिस राग नराखी अघि बढौ, न्यू च्याप्टर इन नेपाली पोलिटिक्स ।'
 

टिप्पणीहरू