धोबीखोलाको पुल भत्कियो, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

धोबीखोलाको पुल भत्कियो, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
सुन्नुहोस्

रातभरको वर्षापछि आएको बाढीले धोबीखोलाको एउटा पुल भत्किएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० र ११ को सीमानामा रहेको धोबीखोलाको पुल भत्किएको बताइएको छ ।

रोजबड स्कुल नजिकैको पुल भत्किएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

भिडियो : सामाजिक सञ्जाल ।

टिप्पणीहरू