पोखरा उड्न लागेको सौर्यको विमानमा आगलागी, १९ को अवस्था अज्ञात

सुन्नुहोस्

टेस्ट फ्लाइटका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको सौर्य एअरलाइन्सको विमान 9N-AME मा आगो लागेको छ ।

विमान उडान गर्ने क्रममा रन वे-२ बाट पूर्वतर्फ चिप्लिएर बाहिर पुग्दा आगो लागेको बताइएको छ । टोलीमा नौ जना प्राविधिकसहित १९ जना सवार थिए ।

आगलागी भर्खर नियन्त्रणमा आएको तर चालक दलसहित सबै यात्रुको अवस्था ज्ञात हुन बाँकी नै छ ।

टिप्पणीहरू