सरकारी स्कुलका छात्रालाई एसबिआईको 'ड्रेस' सहयोग
नेपाल एसबिआई बैंकले सरकारी विद्यालयका छात्रालाई पोशाक सहयोगका लागि नगद उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले कैलालीको धनगढीस्थित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई पोशाकका लागि रकम दिएको हो ।
'मेयर शैक्षिक विकास कोष' मा पोशाक खरिदका लागि एक लाख पाँच हजार रुपैयाँ जम्मा गरेको बैंकले जनाएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रुपमा चेकसमेत हस्तान्तरण गरिएको छ ।
देशभर १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको एसबिआईले शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
टिप्पणीहरू