द्वन्द्वकालिन लफडा सल्टाउन दिन रात सल्लाह

द्वन्द्वकालिन लफडा सल्टाउन दिन रात सल्लाह

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल थालिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा कार्यदलका सदस्यहरुले सरोकारवालाहरूसँग छलफल गरेका छन् । 

शुक्रबार बसेको कार्यदलको बैठकले टुंगो लाग्न बाँकी विषय र विधेयकलाई अन्तिम रूप दिन आज सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय भनेको थियो । आजको छलफलपछि तयार पारिने प्रतिवेदन राजनीतिक दलका शीर्ष नेताहरूलाई बुझाइने सल्लाह छ ।

बैठकमा न्याय,कानुन तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानुन,न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी,महान्यायाधिवक्ता रमेश बडालसहित कार्यदलका सदस्यहरुको उपस्थिति छ ।

सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई ७० प्रतिशतसम्म सजाय कम गर्ने भन्ने व्यवस्थामा माओवादीबाहेक अन्य राजनीतिक दलको असहमति रहेको छ ।
 

टिप्पणीहरू