परराष्ट्रमन्त्रीको यसअघिको जिम्मेवारीबारे निर्णय हुँदै

परराष्ट्रमन्त्रीको यसअघिको जिम्मेवारीबारे निर्णय हुँदै

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिका लागि आज निर्वाचन हुँदैछ । यसअघिकी सभापति डा.आरजु राणा देउवा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि रिक्त पदका लागि संसद सचिवालयले निर्वाचनको कार्यसूची तय गरेको छ । 

यसका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारीका लागि प्रस्ताव प्रस्तुत गर्ने समय तोकिएको छ । दर्ता भएका आवेदनहरुको सूची साढे ४ बजे प्रकाशन गरिने बताइएको छ । 

त्यसपछिको बैठकमा प्रस्तावमाथि छलफल गरिनेछ । छलफलमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावकको समर्थन गर्ने र अन्त्यमा निर्णयार्थ प्रस्तुत गरेर सभापति चयन गरिने छ ।
 

टिप्पणीहरू