सहकारी ठगहरुलाई तत्काल स्वदेश ल्याउन गृहमन्त्रीलाई निर्देशन

सहकारी ठगहरुलाई तत्काल स्वदेश ल्याउन गृहमन्त्रीलाई निर्देशन
सुन्नुहोस्

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका तर विदेशमा रहेकाहरुलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आमन्त्रित गृहमन्त्री रमेश लेखकलाई त्यस्ता १८ जनालाई तत्काल ल्याउन भनेको हो ।

समिति सभापति सूर्यबहादुर थापाले आरोपितहरुसँग सोधपुछ गरेपछि मात्रै निश्कर्षमा पुग्न सकिने जानकारी दिए । समितिले रकम ठगेर विदेश पलायन भएका जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सुवास केसी, ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भूपेन्द्र राई, तस्बिरन खातुन, असरफ अली, सचिन महर्जन र सरला महर्जनलाई तत्काल ल्याउन निर्देशन दिएको हो ।

अन्यमा तेजबहादुर बम्जन, देवकुमार नेपाली, छेदा नेपाली, दीपक पौडेल, लीलानाथ गौतम, प्रेमध्वज लामा र महाशंकर रेग्मी पनि विदेशमा रहेको बताइन्छ । सहकारीको रकम हिनामिना गरेकामध्ये केही व्यक्ति विभिन्न कारागारमा रहेकाले समितिले उनीहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।

आजको बैठकमा गुण को–अपरेटिभका अध्यक्ष राजेन्द्र शाक्यलाई पनि बोलाइएको थियो ।

टिप्पणीहरू