वामपन्थी एकता, असफल कथा : एमाले महासचिव

वामपन्थी एकता, असफल कथा : एमाले महासचिव

एमाले महासचिव शंकर पोखरेलले नेपालको सन्दर्भमा वामपन्थी दलहरुको एकता असफल भइसकेको बताउनुभएको छ । उहाँले वामपन्थी एकताको पुरानो बाटोलाई कुनै हालतमा अंगाल्न नसकिने ठहर गर्नुभएको छ ।

आज घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले नेताहरूका टाउका जोडेर कम्युनिष्ट एकता नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतको जस्तो एकताको प्रहसन अब दोहोरिँदैन ।’

नयाँ राजनीतिक समीकरण मुलुकमा राजनीतिक स्थायित्वका लागि भइको उहाँको दाबी छ । मुलुकमा व्याप्त राजनीतिक अस्थिरताको संकट टार्न र जनतामा छाएको निराशा हटाउन काँग्रेस–एमालेको सरकार बनाइएको महासचिवले भन्नुभयो ।

टिप्पणीहरू